भारत भ्रमणमा दीर्घकालीन हितका विषयमा के भयो, प्रधानमन्त्रीले जनतालाई बताउनुपर्छ : गगन थापा
८ मार्ग, २०८३
- बैठकमा भारत भ्रमणको प्रसङ्ग उठाउँदै सभापति थापाले भने, ‘भारत भ्रमणमा दीर्घकालीन हितका विषयमा केही भएजस्तो देखिएको छैन। के भएको हो प्रधानमन्त्रीले जनतालाई बताउनुपर्दैन ? के हामी चुप लागेर बस्ने ?
काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको दीर्घकालीन हितसँग जोडिएका विषयमा ठोस उपलब्धि हासिल भएको नदेखिएको भन्दै यसबारे जनतालाई स्पष्ट जानकारी गराउनुपर्ने बताएका छन्।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले यस्ता विषयमा कांग्रेस मौन भएर नबस्ने स्पष्ट पारेका हुन्।
बैठकमा भारत भ्रमणको प्रसङ्ग उठाउँदै सभापति थापाले भने, ‘भारत भ्रमणमा दीर्घकालीन हितका विषयमा केही भएजस्तो देखिएको छैन। के भएको हो प्रधानमन्त्रीले जनतालाई बताउनुपर्दैन ? के हामी चुप लागेर बस्ने ?’
त्यसैगरी, उनले कुनै व्यक्ति बालेन शाह वा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग निकट रहेको आधारमा कानुनबाट उन्मुक्ति पाउन नहुने धारणा राखे। राज्यका संयन्त्रलाई निजी कम्पनीजस्तो बनाउन खोजिएको अवस्थामा तथा प्रतिपक्षीमाथि मात्रै निगरानी र कारबाही केन्द्रित गरिएमा कांग्रेसले त्यसको विरोधमा आवाज उठाउने उनले बताए।
उनले भने, ‘कोही मान्छे बालेन शाहको नजिक भएको भनेर छुट पाउनु हुँदैन। रास्वपासँग नजिक भएको भनेर छुट पाउनु हुन्न। राज्यका संयन्त्रलाई प्राइभेट कम्पनी बनाउन खोज्दा कांग्रेस बोल्छ, बोल्छौँ। प्रतिपक्षीमाथि मात्रै हेर्दा कांग्रेस बोल्नुपर्छ, बोल्छ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पोखरा विमानस्थल चलाउन दैनिक ३० उडान र १५ लाख यात्रु आवश्यक : बिरेन्द्र बस्नेत
-
अमेरिकासँग वार्ता गर्न इरानका सात सर्त फेरि अघि
-
हिमाली औषधीय वनस्पति र च्याउको संरक्षण तथा व्यापारमा क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री चौधरी
-
भारत भ्रमणमा दीर्घकालीन हितका विषयमा के भयो, प्रधानमन्त्रीले जनतालाई बताउनुपर्छ : गगन थापा
-
सभापति बनेपछि ओलीसँग पाँचपटक भेट भएको गगन थापाको खुलासा
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।