स्थानीय चुनावको तयारीबारे छलफलमा दलहरूलाई बोलाउँदै आयोग

२९ कार्तिक, २०८३
सारांश
  • स्थानीय तहको निर्वाचनको मिति तथा तयारीका विषयमा छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बोलाएको छ।

काठमाडौं : स्थानीय तहको निर्वाचनको मिति तथा तयारीका विषयमा छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बोलाएको छ।

 

आयोगका आयुक्त गुरुप्रसाद वाग्लेका अनुसार राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलहरूलाई आगामी मंसिर ४ गते छलफलका लागि बोलाइएको हो। प्रतिनिधिसभामा हाल ६ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन्।

 

प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता पाएका दलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन्। यस्तै, प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता नपाएका जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चा पनि राष्ट्रिय दलका रूपमा रहेका छन्।

 

स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल आगामी वैशाखमा समाप्त हुँदैछ। त्यसलाई मध्यनजर गर्दै आयोगले निर्वाचनको मिति तय गर्ने विषयमा दलहरूसँग परामर्श गर्न लागेको हो।

 

नेपाली कांग्रेसका सभापति गगन थापाले पनि आयोगले मंसिर ४ गते स्थानीय तहको निर्वाचनबारे छलफलका लागि दलहरूलाई बोलाएको जानकारी दिएका छन्।

 

छठ पर्व मनाउन सर्लाही पुगेका थापाले स्थानीय नेता तथा कार्यकर्तासँगको भेटमा निर्वाचन आयोगबाट छलफलका लागि निमन्त्रणा आएको जानकारी गराएका हुन्।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार