खुलामञ्चमा दुबो रोप्दै काँग्रेस

२९ कार्तिक, २०८३
सारांश
  • आइतबार कांग्रेसका केन्द्रीय पदाधिकारी, सदस्य तथा स्थानीय नेता–कार्यकर्ता खुलामञ्च पुगेर दुबो रोप्ने काममा सहभागी भएका थिए ।

काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली फर्काउन कांग्रेसले चितवनबाट दुबो ल्याएर पुनःरोपण सुरु गरेको छ ।

 

आइतबार कांग्रेसका केन्द्रीय पदाधिकारी, सदस्य तथा स्थानीय नेता–कार्यकर्ता खुलामञ्च पुगेर दुबो रोप्ने काममा सहभागी भएका थिए ।

 

महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना र भारी वर्षाका कारण दुबो बिग्रिएको थियो ।

 

काठमाडौँ महानगर समितिका सभापति सुशन वैद्यले खुलामञ्चलाई पुरानै अवस्थामा फर्काउने प्रतिबद्धताअनुसार पुनःस्थापनाको काम सुरु गरिएको बताए । 

 

कांग्रेसले आगामी दिनमा नियमित सिँचाइ, मलखाद र मर्मतसम्भार गरेर खुलामञ्चको संरक्षण गर्ने जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?

तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।

थप समाचार