कोप–३१ का सहभागी भएर स्वदेश फर्किए अर्थमन्त्री डा. वाग्ले

२९ कार्तिक, २०८३
सारांश
  • टर्कीमा आयोजित सम्मेलनमा उनले ४४ अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए ।

काठमाडौं : जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रमसहित संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का करिब एक दर्जन कार्यक्रममा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन् ।

 

टर्कीमा आयोजित सम्मेलनमा उनले ४४ अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए । 

 

साथै, नेपाललाई जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धनको नयाँ सदस्य बनाउँदै जलवायु उत्थानशीलताका लागि वित्तसम्बन्धी नीतिगत अवधारणा प्रस्तुत गरेका थिए ।

 

भ्रमणका क्रममा उनले बार्बाडोसकी प्रधानमन्त्री मिया मोट्ली, बेलायतका विदेशमन्त्री एड मिलिब्यान्डसहित पाँच देशका जलवायु दूत तथा अन्तर्राष्ट्रिय जलवायु विज्ञहरूसँग छलफल गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार