सामाजिक सञ्जालको गलत प्रयोगले भ्रम फैलिएको सभामुख अर्यालको भनाइ
२९ कार्तिक, २०८३
- सभामुख डोलप्रसाद अर्यालले सामाजिक सञ्जाल र मोबाइलको दुरुपयोगका कारण समाजमा भ्रम, विकृति तथा दुर्घटनाका घटना बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
काठमाडौँ : सभामुख डोलप्रसाद अर्यालले सामाजिक सञ्जाल र मोबाइलको दुरुपयोगका कारण समाजमा भ्रम, विकृति तथा दुर्घटनाका घटना बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्
बाराको सिमरामा आइतबार आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालको गलत प्रयोग नियन्त्रण गर्न सरकारको निर्देशन र सुरक्षा निकायको निगरानी मात्रै पर्याप्त नहुने बताए। यसका लागि बालबालिकालाई सानै उमेरदेखि सही शिक्षा दिनुका साथै समाज स्वयं सचेत हुनुपर्ने उनको भनाइ थियो।
सभामुख अर्यालले संविधान र विद्यमान कानुनको सीमाभित्र रहेर मात्रै देशको विकास तथा सुशासनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए। लोकतान्त्रिक प्रणाली र कानुनी राज्यको अभ्यासमा रहेको मुलुकमा संविधान तथा कानुन मिचेर कुनै पनि काम गर्न नमिल्ने उनले स्पष्ट पारे।
विकासको गतिमा बाधा पुर्याउने पुराना तथा अनुपयुक्त कानुन संशोधन गरेर अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले आगामी ५० वर्षसम्म संशोधन गर्न नपर्ने गरी दीर्घकालीन कानुन निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।
मधेसका आठ जिल्लामा तीव्र, सस्तो र सहज रूपमा विकास गर्न सकिने सम्भावना रहे पनि शिक्षा, स्वास्थ्य, सडक तथा सामाजिक विकासमा अपेक्षित प्रगति हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे। विकासका लागि स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्ने भन्दै जायज माग पूरा नभएसम्म प्रदेश र संघीय सरकारसँग निरन्तर पहल गर्न उनले सुझाव दिए।
‘स्थानीय सरकार सबैभन्दा बलियो हुनुपर्छ। स्थानीय स्तरमा भएका समस्यालाई प्रदेश र संघसम्म निरन्तर पुर्याउनुपर्छ। जबसम्म स्थानीय स्तरका माग पूरा हुँदैनन्, तबसम्म लबिङ गरिराख्नुपर्छ,’ सभामुख अर्यालले भने।
मधेस हिमाल, पहाड र तराईबाट आएका नागरिक मिलेर बसेको सुन्दर बगैँचा भएको उल्लेख गर्दै उनले सामाजिक सद्भाव र एकता कायम राख्न सबैलाई आग्रह गरे। मधेसको शिक्षा, स्वास्थ्य, सामाजिक तथा भौतिक विकासका लागि कानुन निर्माणको तहबाट आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
छठ पर्वका अवसरमा बारा र पर्साका विभिन्न छठघाटको दर्शन तथा अवलोकन गर्न हेटौँडाबाट सडकमार्ग हुँदै सिमरा पुगेका सभामुख अर्यालले जीतपुरसिमरा उपमहानगरपालिका–४ स्थित नवनिर्मित श्रीकृष्ण मन्दिरको समेत अवलोकन गरेका थिए। सिमराको कार्यक्रम सम्पन्न गरेपछि उनी वीरगन्जतर्फ प्रस्थान गरेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
खुलामञ्चमा दुबो रोप्दै काँग्रेस
-
सौरभराज पन्तको टिप्पणी : अन्तर्राष्ट्रिय वार्ताका लागि प्रधानमन्त्री कार्यालयमा ‘डेडिकेटेड इन्टरनेसनल नेगोसिएसन अफिस’ स्थापना गर्नुपर्ने ।
-
सामाजिक सञ्जालको गलत प्रयोगले भ्रम फैलिएको सभामुख अर्यालको भनाइ
-
निर्वाचन प्रक्रिया अघि बढाउने एन्फाको निर्णय
-
रास्वपा सांसदहरुको जम्बो टोली चीनको १० दिनको भ्रमणका लागि प्रस्थान
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।