रास्वपा सांसदहरुको जम्बो टोली चीनको १० दिनको भ्रमणका लागि प्रस्थान

२९ कार्तिक, २०८३
सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल चीनको १० दिवसीय भ्रमणमा आज त्यसतर्फ प्रस्थान गरेको छ ।

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय  प्रतिनिधिमण्डल चीनको १० दिवसीय भ्रमणमा आज त्यसतर्फ प्रस्थान गरेको छ ।

 

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को निमन्त्रणामा भ्रमणमा रहेको टोलीले चीनमा रहँदा सुशासन,आर्थिक विकास,सार्वजनिक सेवा प्रवाह,संस्थागत क्षमता अभिवृद्धिलगायत विषयमा छलफल गर्नेछ ।

 

दुवै पार्टीले यस भ्रमणलाई नेपाल र चीनबीचको आपसी समझदारी,राजनीतिक संवाद तथा विकास सहकार्यलाई अझ सुदृढ बनाउने अवसरका रूपमा लिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले  जानकारी दिएका छन् ।

 

भ्रमण दलमा रास्वपाका सांसदहरू गणेश पराजुली,हरि ढकाल, कविन्द्र बुर्लाकोटी,लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा,सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा,रमेशकुमार सापकोटा,डा. धनञ्जय रेग्मी,गजला शमिम मिकरानी,श्रीराम न्यौपाने, डा. राम लामा,पुनमकुमारी अग्रवाल,डा .आनन्दबहादुर चन्द,डा. सुजाता तामाङ,पुष्पाकुमारी चौधरी,अरविन्द शाह र रत्ना थापा सहभागी छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?

तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।

थप समाचार