प्रधानमन्त्रीका निर्णयमा रास्वपाको पूर्ण समर्थन : प्रवक्ता खरेल
२९ कार्तिक, २०८३
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री बालेन शाहले सरकार सञ्चालनका क्रममा चाल्ने निर्णय तथा कदममा पार्टीको पूर्ण समर्थन रहने बताएका छन्।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री बालेन शाहले सरकार सञ्चालनका क्रममा चाल्ने निर्णय तथा कदममा पार्टीको पूर्ण समर्थन रहने बताएका छन्।
विमानस्थलमा सांसदहरूको बिदाइका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले सरकारका आन्तरिक कामकारबाहीमा पार्टीले अनावश्यक हस्तक्षेप नगर्ने स्पष्ट पारे। सरकारअन्तर्गतका निकाय र व्यक्तिका विषयमा पार्टीले अत्यधिक चासो राख्दा हस्तक्षेपको अर्थ लाग्न सक्ने भएकाले सम्बन्धित विषयमा निर्णय गर्ने अधिकार प्रधानमन्त्रीमै रहेको उनको भनाइ थियो।
‘प्रधानमन्त्रीज्यूलाई कुनै कुरा गलत भइरहेको छ र अब एक्सन लिनुपर्छ भन्ने लाग्यो भने उहाँले चाल्ने कदममा पार्टीको सम्पूर्ण समर्थन रहन्छ,’ खरेलले भने।
गृहमन्त्री, प्रधानमन्त्रीका सल्लाहकार तथा सरकारका अन्य व्यक्तिका विषयमा सार्वजनिक रूपमा उठिरहेका प्रश्नहरू पार्टीको औपचारिक छलफलमा प्रवेश नगरेको उनले बताए। ती विषयमा प्रधानमन्त्रीको धारणा र सरकारले चाल्ने कदमबारे पार्टीले प्रतीक्षा गरिरहेको उनको भनाइ छ।
सरकारलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण दिनुपर्ने रास्वपाको नीति रहेको उल्लेख गर्दै खरेलले सभापति, महामन्त्रीलगायत पार्टी नेतृत्व सरकार सञ्चालनमा कुनै किसिमको अवरोध वा हस्तक्षेप भएको महसुस नहोस् भन्नेमा सचेत रहेको बताए।
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)लाई हटाउने वा निरन्तरता दिने विषयमा पनि पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको उनले स्पष्ट पारे। ‘आईजीपीलाई हटाऊ वा राख भनेर पार्टीले निर्देशन दिएको छैन, यो सरकारको विवेक र निर्णयको विषय हो,’ उनले भने।
आईजीपीसम्बन्धी विषय अदालतसम्म पुगेको र केही प्रक्रिया अघि बढिरहेको अवस्थामा सरकारले आवश्यकताअनुसार थप स्पष्ट पार्दै जाने खरेलले बताए।
यसैबीच, रास्वपाको २० सदस्यीय प्रतिनिधिमण्डल महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा चीन भ्रमणमा जान लागेको उनले जानकारी दिए। चीनको सत्तारुढ दलको निमन्त्रणामा हुन लागेको उक्त भ्रमण दुई देशका सत्तारुढ दलबीचको सम्बन्ध र सहकार्यका दृष्टिले महत्वपूर्ण रहेको खरेलले बताए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रोनाल्डोको सम्मानमा पोर्चुगलले बदल्यो ७ नम्बरको जर्सीको डिजाइन
-
विमानस्थलबाट तीन किलो थाई गाँजासहित भारतीय नागरिक पक्राउ
-
मङ्सिरको पहिलो साता राष्ट्रिय भेला, स्थानीय जनप्रतिनिधिको भेला र केन्द्रीय कमिटी बैठक गर्दै एमाले
-
प्रधानमन्त्रीका निर्णयमा रास्वपाको पूर्ण समर्थन : प्रवक्ता खरेल
-
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।