संसदीय सुनुवाइ समितिको बैठक बस्दै, सर्वोच्चका दुई न्यायाधीशको सुनुवाई हुने

२० कार्तिक, २०८३
सारांश
  • संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तालाई आमन्त्रण गरी छलफल गर्ने कार्यसूचीसमेत रहेको छ ।

काठमाण्डौ, २० कार्त्तिक । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूको संसदीय सुनुवाइ शुक्रबार हुने भएको छ ।

 

संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तालाई आमन्त्रण गरी छलफल गर्ने कार्यसूचीसमेत रहेको छ ।

 

त्यसपछि प्रस्तावित न्यायाधीश डा. बागचन्द र सारूलाई समितिमा आमन्त्रण गरी सुनुवाइ गरिनेछ ।

 

समितिको बैठक आज बिहान ९: ३० बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने तय भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण

रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

थप समाचार