गृहमन्त्री सुधन गुरुङ आज स्वदेश फर्किदै

२८ असोज, २०८३
सारांश
  • गृहमन्त्री सुधन गुरुङ भारतको नयाँ दिल्लीमा आयोजित बिम्स्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी भएर आज स्वदेश फर्कने भएका छन् ।

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङ भारतको नयाँ दिल्लीमा आयोजित बिम्स्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी भएर आज स्वदेश फर्कने भएका छन् । 

 

दिल्लीस्थित नेपाली दूतावासका अनुसार मंगलबार बैठकलाई सम्बोधन गर्दै गुरुङले आतंकवाद र सीमापार अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएका थिए ।

 

बैठकका क्रममा गुरुङले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका थिए । भेटमा द्विपक्षीय सुरक्षा सहकार्य, सीमा व्यवस्थापन, सीमापार अपराध नियन्त्रण तथा विपद् तयारी र प्रतिकार्यमा सहकार्य बढाउने विषयमा छलफल भएको दूतावासले जनाएको छ । 

 

भेटमा गुरुङले नेपालमा हालै आएको बाढीपहिरोपछि भारतले गरेको सहयोगप्रति धन्यवाद दिएका थिए । गुरुङ सोमबार भारत प्रस्थान गरेका थिए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार