काँग्रेसको मतगणना सुस्त, अहिलेसम्म उपसभापति र महामन्त्रीमा कसले कति मत पाए ?

२५ असोज, २०८३
सारांश
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुस्त देखिएको छ ।

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुस्त देखिएको छ ।

 

गएराती ७ बजेदेखि शुरु भएको मतगणना आइतबार बिहान १० बजेसम्म १३३० मत गणना भएको छ ।

 

केन्द्रीय निर्वाचन समितिका अनुसार ५ मत बदर भएका छन् भने १३२५ मत सदर भएका छन् । केन्द्रीय कार्यालय सानेपाका तीनवटा स्थानमा भइरहेको छ ।

 

पछिल्लो अपडेटअनुसार डा. चन्द्रकान्त भण्डारीले ६७९ मत प्राप्त गरेका छन् भने मधु आचार्यले ३९३ मत प्राप्त गरेका छन् । त्यस्तौ गोविन्द भट्टराईले ३४५, सुरेन्द्रराज पाण्डेले ३३७ मत पाएका छन् । दीपक गिरीले २६४ मत, धनराज गुरुङले २४० मत र डा. चन्द्रमोहन यादवले १३८ मत प्राप्त गरेका छन् ।

 

त्यस्तै उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले ३८२ मतसहित अग्रता लिएका छन् भने जीवन परियारले ३३० मत, फरमुल्लाह मंसुरले १९० मत, सीता गुरुङले १७० र रञ्जित कर्णले १०७ मत प्राप्त गरेका छन् ।

 

त्यस्तै, महामन्त्री (खुला) तर्फको मतगणनामा प्रदीप पौडेलले सबैभन्दा बढी ७८८ मत प्राप्त गरेका छन् । त्यस्तै, अमरसिंह पुन मगरले ४७८ मत पाउँदा उदयशमशेर राणाले ४५६ मत प्राप्त गरेका छन् । त्यस्तै, डा. सुनिलकुमार शर्माले ३२५ मत, गुरुराज घिमिरेले १९७, नैनसिंह महरले १४८ मत, शंकर तिवारीले २० मत र डा. सन्तोष उपाध्यायले १८ मत प्राप्त गरेका छन् ।

 

महामन्त्री (महिला) तर्फ डा. डिला संग्रौला (पन्त) ले ५८३ मत प्राप्त गरेकी छन् भने महालक्ष्मी उपाध्याय (डिना) ले ५५७ मत प्राप्त गरेकी छन् । त्यस्तै रीता खनालले १५३ मत पाएकी छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अर्बपतिहरूको सन्तान मोह

सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।

थप समाचार