बूढीगण्डकी बाढी प्रभावित आरुघाट क्षेत्रमा पुगे कुलमान घिसिङ

२५ असोज, २०८३
सारांश
  • बाढीले आरुघाट क्षेत्रका सडक, पुललगायत भौतिक संरचनामा क्षति पुर्‍याउँदा स्थानीय जनजीवन, आवागमन र दैनिक गतिविधिमा कठिनाइ उत्पन्न भएको छ ।

गोरखा : बूढीगण्डकी नदीमा आएको बाढीबाट क्षति पुगेको गोरखाको आरुघाट क्षेत्रको कुलमान घिसिङले आज स्थलगत निरीक्षण गरेका छन् ।

 

बाढीले आरुघाट क्षेत्रका सडक, पुललगायत भौतिक संरचनामा क्षति पुर्‍याउँदा स्थानीय जनजीवन, आवागमन र दैनिक गतिविधिमा कठिनाइ उत्पन्न भएको छ ।

 

घिसिङले क्षतिको यथार्थ आकलन गरी अवरुद्ध संरचनाको पुनःस्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन आवश्यक रहेको बताएका छन् । उनले अहिलेको पहिलो प्राथमिकता मानवीय जीवनको रक्षा, प्रभावितको उद्धार र पीडितलाई तत्काल राहत उपलब्ध गराउनु रहेको उल्लेख गरेका छन् ।

 

घिसिङले सम्बन्धित निकाय, सुरक्षा संयन्त्र, स्थानीय जनप्रतिनिधि, नागरिक समाज तथा सर्वसाधारणलाई आपसी समन्वय र सहकार्यका साथ उद्धार तथा राहत कार्यमा जुट्न आग्रह गरेका छन् ।

 

विपद्को यस कठिन अवस्थामा प्रभावित नागरिकलाई एक्लो महसुस हुन नदिन र सबै मिलेर उद्धार, राहत तथा पुनःस्थापनामा हातेमालो गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार