कांग्रेसको सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना दिउँसो १२ बजेदेखि शुरु हुने
२५ असोज, २०८३
- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी रहेको छ भने सहमहामन्त्री र केन्द्रीय सदस्यहरुको मतगणना अपराहन्न १२ बजेदेखि शुर हुने भएको छ ।
काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी रहेको छ भने सहमहामन्त्री र केन्द्रीय सदस्यहरुको मतगणना अपराहन्न १२ बजेदेखि शुर हुने भएको छ ।
निर्वाचन समितिका अनुसार सहमहामन्त्री (महिला), सहमहामन्त्री (खुला), केन्द्रीय सदस्य (महिला खुला), केन्द्रीय सदस्य (आदिवासी जनजाति खुला) र केन्द्रीय सदस्य (आदिवासी जनजाति महिला) पदको मतगणना आज असोज २५ गते दिउँसो १२ बजेदेखि पार्टीको केन्द्रीय कार्यालयमा सुरु हुनेछ ।
समितिले सम्बन्धित पदका सबै उम्मेदवारलाई मतगणनाबारे जानकारी गराएको छ । सहमहामन्त्री पदका उम्मेदवारले दुई जना प्रतिनिधि राख्न पाउने व्यवस्था गरिएको छ ।
केन्द्रीय सदस्य पदका उम्मेदवारको हकमा भने उम्मेदवार स्वयं बाहेक प्रतिनिधि राख्ने व्यवस्था नभएको निर्वाचन समितिले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अर्बपतिहरूको सन्तान मोह
सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।