- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई बधाई तथा शुभकामना दिँदै जनताको आशा, भरोसा र विश्वास नटुटाउन आग्रह गरेका छन् ।
काठमाण्डौ, २४ असोज । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई बधाई तथा शुभकामना दिँदै जनताको आशा, भरोसा र विश्वास नटुटाउन आग्रह गरेका छन् ।
भट्टराईले सामाजिक सञ्जालमार्फत दुवै नेतालाई शुभकामना दिँदै उनीहरू आशा, भरोसा र विश्वासको जगमा नेतृत्वमा आएको बताएका छन् । उनले नयाँ नेतृत्वले जनताको विश्वास कायम राख्ने अपेक्षा पनि व्यक्त गरेका छन् ।
उनले लोकतन्त्र र संविधानको रक्षा, विकास तथा कार्यान्वयनमा सहकार्य गर्दै स्वस्थ राजनीतिक प्रतिस्पर्धाको बाटोमा अघि बढ्नुपर्ने बताएका छन् । भट्टराईले व्यक्ति र स्वार्थ केन्द्रित सत्ता गठबन्धनको अभ्यासबाट मुलुकलाई मुक्त गर्नुपर्नेमा जोड दिदै सम्मानित र मर्यादित राजनीतिक संस्कृतिको निर्माण गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा समस्त कांग्रेसजनलाई पनि उनले बधाई दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अर्बपतिहरूको सन्तान मोह
सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।