प्रधानमन्त्री शाहसँग अस्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता

१५ असोज, २०८३, बिहिवार
सारांश
  • प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

 

राजदूत अर्न्स्टले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा नेपाल–अस्ट्रेलिया सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।

 

हालै प्रधानमन्त्री शाहको अमेरिका भ्रमणका क्रममा उनले एक मात्र विदेशी राष्ट्र प्रमुख अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजसँग भेटवार्ता गरेका थिए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार