- नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र सेनेगलका अफ्रिकी एकीकरण, परराष्ट्र मामिला तथा विदेशमा रहेका सेनेगली नागरिकसम्बन्धी मन्त्री शेख नियाङले आज कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् ।
काठमाण्डौ, १० असोज । नेपाल र सेनेगलबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र सेनेगलका अफ्रिकी एकीकरण, परराष्ट्र मामिला तथा विदेशमा रहेका सेनेगली नागरिकसम्बन्धी मन्त्री शेख नियाङले आज कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर समारोहअघि भएको संक्षिप्त भेटवार्तामा दुवै मन्त्रीले आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान गरेका थिए । भेटमा नेपालमा हालै भएको विनाशकारी जलवायुजन्य विपत्तिपछिको उद्धार, पुनःस्थापना तथा पुनर्निर्माण प्रयासबारे पनि छलफल भएको थियो ।
दुवै मन्त्रीले नेपाल र सेनेगलका जनता तथा दुई देशको साझा प्रगति र समृद्धिका लागि द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।
सेनेगलसँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएका देशको संख्या १८८ पुगेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।