सोलुखुम्बुको दिङबुचेस्थित होटलमा आगलागी

१३ कार्तिक, २०८३
सारांश
  • सोलुखुम्बुको दिङबुचेस्थित एक होटलमा आगलागी भएको छ ।

काठमाडौं : सोलुखुम्बुको दिङबुचेस्थित एक होटलमा आगलागी भएको छ ।

 

शुक्रबार बिहान खुम्बु पासाङल्हामु गाउँपालिकास्थित दिङबुचेस्थित गुड लक होटलमा आगलागी भएको हो । 

 

प्रहरीका अनुसार कुलबहादुर तामाङले सञ्चालन गरेको उक्त होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको थियो । आगो नियन्त्रणका लागि दिङबुचेबाट प्रहरी टोली खटिएको र आगलागीबाट मानवीय क्षति नभएको बताइएको छ ।

 

होटलमा रहेका पर्यटकका सामान सुरक्षित स्थानमा सारिएको र आगलागी भएको होटल आसपासका अन्य होटलबाट समेत सामान र मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार