विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाउने सरकारको निर्णय

११ भाद्र, २०८३, बिहिवार
सारांश
  • विपद्को समयमा आफ्नो ज्यानको जोखिम मोलेर अग्रपङ्क्तिमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जनशक्तिको योगदानको कदर गर्दै सुविधा बढाउने निर्णय गरिएको हो ।

काठमाडौं: सरकारले बाढी, पहिरो र आगलागीजस्ता प्राकृतिक विपद्का समयमा ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको भत्ता तथा दैनिक खाजा खर्च बढाउने निर्णय गरेको छ ।

 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबार बसेको बैठकले सुरक्षा निकायका जनशक्तिको सेवा सुविधामा परिमार्जन गर्ने निर्णय गरेको हो ।

 

विपद्को समयमा आफ्नो ज्यानको जोखिम मोलेर अग्रपङ्क्तिमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जनशक्तिको योगदानको कदर गर्दै सुविधा बढाउने निर्णय गरिएको हो ।

 

विपद् व्यवस्थापनको कामलाई अझ प्रभावकारी, छिटो र परिणाममुखी बनाउन अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मीलाई राज्यका तर्फबाट सम्मान र प्रोत्साहनको अनुभूति गराउन आवश्यक भएकाले सेवा सुविधा परिमार्जन गरिएको प्राधिकरणले जनाएको छ ।

 

कार्यकारी समितिको निर्णयअनुसार सम्बन्धित सुरक्षा निकायले सेवा सुविधा परिमार्जनसम्बन्धी प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाउनुपर्नेछ। त्यसपछि सम्बन्धित मन्त्रालयले आवश्यक निर्णय गर्नेछन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अर्बपतिहरूको सन्तान मोह

सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।

थप समाचार