गगनको नेतृत्वमा महाधिवेशन गर्न सर्वोच्चले खोल्यो बाटो, देउवा समूहको रिटमा अन्तरिम आदेश भएन
११ भाद्र, २०८३, बिहिवार
- कांग्रेसको १५ औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने तयारी थापा नेतृत्वको समितिले गरेको छ।
काठमाडौं: सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन प्रक्रियालगायत गतिविधि रोक्न माग गर्दै शेरवहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
सर्वोच्चका न्यायाधीशत्रय मेघराज पोखरेल, महेश शर्मा पौडेल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको सुनुवाइपछि निवेदकको मागबमोजिम आदेश जारी गर्न नपर्ने ठहर गरेको हो।
यससँगै सभापति गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसको १५ औं महाधिवेशन गर्ने बाटो खुलेको छ।
‘अन्तरकालीन आदेश दिन नपर्ने’ भन्ने आदेश आएसँगै थापाले नियमित काम अघि बढाउनसक्ने देखिएको छ।
कांग्रेसको १५ औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने तयारी थापा नेतृत्वको समितिले गरेको छ।
यसअघि वैशाख ४ गते शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिएको थियो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अर्बपतिहरूको सन्तान मोह
सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।