सरकारप्रतिको प्रभाव र विश्वास घट्दै गयो- अमरेश कुमार सिंह

२०८३ भाद्र ०८ सोमवार
सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले जनताको सरकारप्रतिको प्रभाव र विश्वास घट्दै गएको टिप्पणी गरेका छन् ।

काठमाण्डौ, ०८ भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले जनताको सरकारप्रतिको प्रभाव र विश्वास घट्दै गएको टिप्पणी गरेका छन् ।

 

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको बताउदै समाजमा अपराध बढेको बताएका हुन् ।

 

उनले भने- 'यो हाम्रो समाज कता गइरहेको छ, यो दुईटा घटनालाई मात्रै हेर्न मिल्दैन । हाम्रो सरकार बनेदेखि चाहे कप्तानगन्जको घटना होस्, धार्मिक सामाजिक सद्भाव होस् या विभिन्न किसिमका आन्दोलन होस् चाहे मिटरब्याज, लघुवित्त पीडित, डाक्टरको होस् । यसले के देखाउछ की हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ । अराजकता, अस्थिरता, हत्या, हिँसा, बलात्कार र विभिन्न किसिमका आन्दोलनले जनता दुखमा छन् । जब समाजमा बेथिति हुन्छ, विश्वास र भरोसा उठ्छ, त्यो समाजमा अपराध बढ्छ ।’

 

सांसद सिंहले समाजमा विश्वास र भरोसा उठेपछि समाजमा अपराध बढ्ने बताएका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।

थप समाचार