- प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा आठ वटा समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।
काठमाण्डौ, ०७ मङ्सिर । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा आठ वटा समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।
भारत र नेपालबीच अन्तरिक्ष प्रविधि,सुरक्षा तालिम,निजामती कर्मचारीको क्षमता अभिवृद्धि, स्वास्थ्य, परम्परागत चिकित्सा पद्धति, दिगो सहरी विकास तथा कृषिसहितका विभिन्न क्षेत्रमा आठ वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
नयाँदिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि उक्त समझदारीपत्र आदानप्रदान गरिएको हो ।
समझदारीपत्रहरू:
१- भारतको गुजरातस्थित गान्धीनगरको राष्ट्रिय न्यायिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी समझदारीपत्र ।
२- भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच समझदारीपत्र ।
३- भारत सरकारको प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभागअन्तर्गतको सुशासनसम्बन्धी राष्ट्रिय केन्द्र र नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच नेपाली निजामती कर्मचारीको क्षमता अभिवृद्धि तथा तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी समझदारीपत्र ।
४- आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र ।
५- दक्षिण एसिया उपग्रहको उपयोगका लागि भूउपग्रह सञ्चार सञ्जाल स्थापना गर्ने सम्बन्धमा भारत सरकारको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन र नेपाल सरकारको सञ्चार तथा सूचना मन्त्रालयबीच समझदारीपत्र ।
६- दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य गर्ने सम्बन्धमा भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र ।
७- स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपाल सरकारको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबीच समझदारीपत्र ।
८- पशुपालन तथा मत्स्य विकासको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इजरायलमा सरकार गठनका लागि लिकुड र याशारबीच छलफलमा मतभेद
-
रास्वपा सांसद आशिका तामाङ र केपी खनालबीच किन भयो विवाद ?
-
दुई दिने भारत भ्रमण सकेर प्रधानमन्त्री शाह स्वदेश फर्किदैँ
-
नेपाल–भारतले जारी गरेको ‘विकसित भारत र समुन्नत नेपाल: साझेदारीको पुनर्कल्पना’ मा के के छ ?
-
प्रधानमन्त्री शाह र भारतीय राष्ट्रपति मुर्मूबीच शिष्टाचार भेट
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।