देउवा र खड्काले सर्वोच्चमा बुझाए महाधिवेशन रोक्ने रिट

८ भाद्र, २०८३, सोमवार
सारांश
  • सोमबार देउवा र खड्काले अलग अलग रिट पेश गरेका हुन् । नेता खड्काले सर्वोच्चमा विचाराधीन मुद्दासँगै राखेर सुनुवाइ गर्न माग गर्दै पूरक रिट दर्ता गर्न निवेदन दिएका हुन् । त्यस्तै अर्का नेता दीपक खड्काले देउवाको तर्फबाट रिट पेस गरेका छन् ।

काठमाडौँ: काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत रिट पेश गरेका छन् ।

 

सोमबार देउवा र खड्काले अलग अलग रिट पेश गरेका हुन् । नेता खड्काले सर्वोच्चमा विचाराधीन मुद्दासँगै राखेर सुनुवाइ गर्न माग गर्दै पूरक रिट दर्ता गर्न निवेदन दिएका हुन् । त्यस्तै अर्का नेता दीपक खड्काले देउवाको तर्फबाट रिट पेस गरेका छन् ।

 

रिट अध्ययनको क्रममा रहेकोले दर्ता नभएको बुझिएको छ । सर्वोच्च अदालत प्रशासनका अनुसार रिट अध्ययनकै क्रममा रहेका छन् । यसअघि देउवा पक्षले शुक्रबार पेश गरेको रिट भने फिर्ता लिएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।

थप समाचार