सांसदद्वय गोपाल शर्मा र आशिका तामाङको माग बारे जवाफ दिन सभामुखको सरकारलाई रुलिङ
१ भाद्र, २०८३, सोमवार
- सभामुख डिपी अर्यालले तीन दिन भित्र जवाफ दिन सरकारलाई रूलिङ गरेका हुन्।
काठमाडौँ: प्रतिनिधि सभाको बैठकमा आफूले उठाएको विषयलाई सरकारले सम्बोधन नगरेको भन्दै दुई सांसदले उभिएर विरोध गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्मा र रास्वपा सांसद आशिका तामाङले संसदमा राखेको विषय सरकारले सम्बोधन नगरेको भन्दै संसदमै उभिएर विरोध गरेपछि सभामुख डिपी अर्यालले तीन दिन भित्र जवाफ दिन सरकारलाई रूलिङ गरेका हुन्।
सांसद शर्माले रूकुम, जाजरकोट र सल्यान क्षेत्रका भूकम्प प्रभावित क्षेत्रमा सरकारले जिम्मेवारीपूर्ण तवरले काम गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराएका थिए । उनले साउन २२ गते नै आफूले सरकारलाई यस विषयमा जबाफ दिन ९ दिने अल्टिमेटम दिएको तर त्यो अवधिमा जबाफ नआएकोले जबाफ नआउन्जेल उभिरहने बताएर उभिन शुरु गरेपछि संसदको कारवाहीमा अवरोध भएको थियो । सरकारलाई जबाफ दिन समय नै तोकेर सभामुखले रूलिङ नगरेसम्म आफू उभिएर विरोध गरिरहने अडान उनले लिएका थिए ।
त्यसपछि बोलेकी रास्वपा सांसद आशिका तामाङले कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउन आफुले ३७ दिनअघि नै यस विषयमा आफू संसदमा बोले पनि सरकारले पहलकदमी नगरको भन्दै सभामुखबाट रुलिङ नभएसम्म उठेर विरोध गरिरहने बताएकी थिइन् ।
त्यसपछि सभामुख अर्यालले सांसदहरू गोपाल शर्मा र आशिका तामाङबाट उठाइएको विषयमा तीन दिनभित्र जबाफ दिन सरकारलाई रूलिङ गरेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शिक्षामन्त्री पोखरेलसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेटवार्ता
-
विद्युत् खपत बढाउन र निर्यात विस्तार गर्न ऊर्जामन्त्री श्रेष्ठको जोड
-
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
-
विद्युत् कर हटाउन कुलमानले शुरु गरे देशव्यापी हस्ताक्षर अभियान
-
नेप्सेमा सामान्य गिरावट, ५ अर्ब ५२ करोडको कारोबार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।