राप्रपा बागमती र लुम्बिनीमा तटस्थ बस्ने

१ भाद्र, २०८३, सोमवार
सारांश
  • प्रदेशमा सरकार गठनसम्बन्धी विषयमा पार्टीले अर्को निर्णय नगरेसम्म राप्रपा तटस्थ रहने निर्देशनमा उल्लेख छ ।

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीले आज विश्वासको मत लिन लागेका बागमती र लुम्बिनी प्रदेशका सरकारको विश्वासको मतसम्बन्धी प्रक्रियामा तटस्थ बस्ने निर्णय गरेको छ ।

 

पार्टीले दुवै प्रदेशका संसदीय दलका नेतालाई प्रदेश सभा सदस्यलाई सोहीअनुसार ह्विप जारी गर्न निर्देशन दिएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

 

प्रदेशमा सरकार गठनसम्बन्धी विषयमा पार्टीले अर्को निर्णय नगरेसम्म राप्रपा तटस्थ रहने निर्देशनमा उल्लेख छ । 

 

राप्रपाका बागमतीमा १२ र लुम्बिनीमा ४ सांसद रहेका छन् ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार