विद्युत् कर हटाउन कुलमानले शुरु गरे देशव्यापी हस्ताक्षर अभियान
१ भाद्र, २०८३, सोमवार
- पार्टीले अभियानमार्फत विद्युत्मा लगाइएको कर हटाउन र डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापत उठ्न बाँकी बक्यौता रकम असुल गर्न सरकारमाथि दबाब दिने जनाएको छ ।
काठमाडौँ: कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले विद्युतमा लगाइएको कर हटाउन तथा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम असुल गर्न माग गर्दै देशव्यापी हस्ताक्षर अभियान शुरु गरेका छन् ।
सोमबार काठमाडौँको माइतीघर मण्डलाबाट कुलमानले हस्ताक्षर गर्दै अभियानको शुरुवात गरेका हुन् । सो अवसरमा जनमत पार्टीका अध्यक्ष सिके राउत समेत उपस्थित रहेका थिए ।
यो अभियान भदौ १ गतेदेखि भदौ २४ गतेसम्म ‘तपाईंको हस्ताक्षर, तपाईंको आवाज’ नाराका साथ देशव्यापी रूपमा सञ्चालन गर्ने बताइएको छ ।
पार्टीले अभियानमार्फत विद्युत्मा लगाइएको कर हटाउन र डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापत उठ्न बाँकी बक्यौता रकम असुल गर्न सरकारमाथि दबाब दिने जनाएको छ ।
उज्यालो नेपाल पार्टीले अभियानलाई सुशासन, समृद्धि र सामाजिक न्यायको उद्देश्यसँग जोडेको छ। पार्टीले देशभरका नागरिकलाई अभियानमा सहभागी भई हस्ताक्षरमार्फत आफ्नो आवाज व्यक्त गर्न आह्वान गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल गठन गरिने
-
परराष्ट्रमन्त्री खनाल फिजी र टुभालुमा हुने प्रि–कोप बैठकमा सहभागी हुदै, अस्ट्रेलिया पनि जाने
-
नापीका सर्वेक्षक श्रेष्ठविरुद्ध ४ करोड ७४ लाखको भ्रष्टाचार मुद्दा दायर
-
आङ्देम्बेले सम्झाए प्रधानमन्त्री शाहलाई संसदीय मर्यादा
-
निजामती विधेयक संसदमा दर्ता, यस्ता छन् मुख्य विषय
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।