विद्युत् कर हटाउन कुलमान घिसिङले देशव्यापी हस्ताक्षर अभियान शुरु गर्दै
१ भाद्र, २०८३, सोमवार
- पार्टीले भदौ १ गतेदेखि भदौ २४ गतेसम्म ‘तपाईंको हस्ताक्षर, तपाईंको आवाज’ नाराका साथ देशव्यापी रूपमा हस्ताक्षर अभियान सञ्चालन गर्ने बताएको छ ।
काठमाडौँ: कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले विद्युतमा लगाइएको कर हटाउन तथा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम असुल गर्न माग गर्दै देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टीले भदौ १ गतेदेखि भदौ २४ गतेसम्म ‘तपाईंको हस्ताक्षर, तपाईंको आवाज’ नाराका साथ देशव्यापी रूपमा हस्ताक्षर अभियान सञ्चालन गर्ने बताएको छ ।
अभियानको उद्घाटन आज बिहान ११ बजे माइतीघर मण्डलामा हुने जनाइएको छ । उद्घाटन कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सहभागी हुनेछन् ।
पार्टीले अभियानमार्फत विद्युत्मा लगाइएको कर हटाउन र डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापत उठ्न बाँकी बक्यौता रकम असुल गर्न सरकारमाथि दबाब दिने जनाएको छ ।
उज्यालो नेपाल पार्टीले अभियानलाई सुशासन, समृद्धि र सामाजिक न्यायको उद्देश्यसँग जोडेको छ। पार्टीले देशभरका नागरिकलाई अभियानमा सहभागी भई हस्ताक्षरमार्फत आफ्नो आवाज व्यक्त गर्न आह्वान गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।