देउवा पक्षलाई सानेपाबाट जवाफ दिँदै गगन

१ भाद्र, २०८३, सोमवार
सारांश
  • उनले आजको बैठकमा पूर्वसभापति शेरबहादुर देउवा पक्षको भेलामा आफू विरुद्ध उठाइएको प्रश्नको पनि जवाफ दिने नेताहरूले बताएका छन्।

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन थापाले आज जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने भएका छन्।

 

करिब एक सातादेखि केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा आज बोल्न लागेका हुन्। ४ बजे सभापति थापाले पार्टी बैठकलाई सम्बोधन गर्ने जनाइएको छ।

 

उनले आजको बैठकमा पूर्वसभापति शेरबहादुर देउवा पक्षको भेलामा आफू विरुद्ध उठाइएको प्रश्नको पनि जवाफ दिने नेताहरूले बताएका छन्।

 

हिजो एक कार्यक्रममा बोल्दै देउवा समूहको तीन दिने भेलाबारे सानेपामा पत्रकारलाई बोलाएर एक घण्टा जवाफ दिने बताएका थिए।

 

उनले देउवा समूहको भेलालाई लक्षित गर्दै पछिल्लो तीन दिनमा आफ्नो सबैभन्दा धेरै निन्दा भएको समेत टिप्पणी गरेका थिए।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार