मन्त्री लम्साल अस्वस्थ, बैतडीबाट हेलिकप्टरमा धनगढी ल्याइयो
३१ श्रावण, २०८३, आइतवार
- आइतबार दार्चुलाबाट बैतडी पुगेका मन्त्री लम्साललाई बैतडी पुगेपछि स्वास्थ्यमा समस्या देखिएपछि धनगढी ल्याइएको हो । उनलाई उच्च ज्वरो रहेको र खोकी समेत रहेको बताइएको छ ।
काठमाडौँ: सडक अनुगमनका लागि सुदूरपश्चिम पुगेका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल अस्वस्थ भएपछि बैतडीबाट हेलिकप्टरमा धनगढी ल्याइएको छ ।
आइतबार दार्चुलाबाट बैतडी पुगेका मन्त्री लम्साललाई बैतडी पुगेपछि स्वास्थ्यमा समस्या देखिएपछि धनगढी ल्याइएको हो । उनलाई उच्च ज्वरो रहेको र खोकी समेत रहेको बताइएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार मन्त्री लम्साल अनुगमनकै क्रममा दुई दिनअघि दार्चुला पुगेका थिए । तर बैतडी पुगेपछि अचानक स्वास्थ्यमा समस्या आएपछि उनको पूर्वनिर्धारित सडक अनुगमन कार्यक्रम प्रभावित भएको छ । उनलाई धनगढीबाट काठमाडौँ लगिने बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अर्थशास्त्री डा. वलीले काङ्ग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने
-
सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल गठन गरिने
-
परराष्ट्रमन्त्री खनाल फिजी र टुभालुमा हुने प्रि–कोप बैठकमा सहभागी हुदै, अस्ट्रेलिया पनि जाने
-
नापीका सर्वेक्षक श्रेष्ठविरुद्ध ४ करोड ७४ लाखको भ्रष्टाचार मुद्दा दायर
-
आङ्देम्बेले सम्झाए प्रधानमन्त्री शाहलाई संसदीय मर्यादा
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।