- पाँच दिने औपचारिक भ्रमणका क्रममा उनले प्रधानसेनापति अशोकराज सिग्देल, राष्ट्रपति पौडेललगायत उच्च अधिकारीहरूसँग छलफल गर्नेछन् । त्यस्तै उनले रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।
काठमाडौं: भारतीय सेना प्रमुख धीरज सेठ नेपाल भ्रमणमा आएका छन् । उनी आइतबार अपराहन्न काठमाडौं आइपुगेका हुन् ।
काठमाडौँमा सेठले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मनार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने छन् ।
पाँच दिने औपचारिक भ्रमणका क्रममा उनले प्रधानसेनापति अशोकराज सिग्देल, राष्ट्रपति पौडेललगायत उच्च अधिकारीहरूसँग छलफल गर्नेछन् । त्यस्तै उनले रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।
नेपाल र भारतका सेनाका प्रमुखहरू सन् १९५० देखि एकअर्को मुलुकका मानार्थ सेना प्रमुख रहने प्रचलन रहेको छ । नेपालका वर्तमान प्रधानसेनापति अशोकराज सिग्देलले २०२४ को डिसेम्बरमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबाट मनार्थ महारथीको दर्ज्यानी चिह्न प्राप्त गरेका थिए । भारत सरकारले ३१औं सेना प्रमुखखको रूपमा सेठलाई ३० जुन २०२६ मा नियुक्त गरेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एल निनोको प्रभाव अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने प्रक्षेपण
-
स्वास्थ्य प्रणाली बलियो बनाउन सीडीसी, एफडीए र एनएचएएको संरचना आवश्यक
-
यसै वर्ष दुई सय टेलिफोन टावर र १५९७ स्थानमा फोरजी सेवा विस्तार गरिने
-
राष्ट्रपति पौडेलद्वारा विभिन्न देशका राजदूतको ओहोदाको प्रमाणपत्र ग्रहण
-
प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई विज्ञताअनुसार योगदान दिन प्रधानमन्त्रीको आग्रह
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।