रास्वपाको असफलतालाई पुराना दलका नेताले आफ्नो पुनरोदयको आधार नठानून्- योगेश भट्टराई

२०८३ श्रावण २९ शुक्रवार
सारांश
  • नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीको कमजोर अवस्था र नयाँ नेताहरूको असफलतालाई मात्रै आफ्नो राजनीतिक पुनरोदयको आधार ठान्नु पुराना दलका लागि ठूलो भूल हुने चेतावनी दिएका छन् ।

काठमाण्डौ, २९ श्रावण । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीको कमजोर अवस्था र नयाँ नेताहरूको असफलतालाई मात्रै आफ्नो राजनीतिक पुनरोदयको आधार ठान्नु पुराना दलका लागि ठूलो भूल हुने चेतावनी दिएका छन् ।

 

भट्टराईले पुराना दलका प्रमुख नेताहरूले पनि राष्ट्रिय स्वतन्त्र पार्टीको कमजोर अवस्थालाई आफ्नो नेतृत्वको सान्दर्भिकता र पुनरोदयको आधार ठानेर आत्मरतिमा रमाउन थालेको बताउदै यसलाई आफ्नो राजनीतिक पुनरोदयको आधार ठान्नु पुराना दलका लागि ठूलो भूल हुने चेतावनी दिएका छन् ।

 

भट्टराईले पुराना राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको अकर्मण्यता तथा प्रमुख नेताहरूको अयोग्यतालाई आफ्नो उदयको मुख्य आधार बनाएर राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको बताउदै रवि लामिछाने र बालेन्द्र शाहले पार्टी निर्माणका लागि आवश्यक विचार, सिद्धान्त, नीति, वर्गीय तथा सामाजिक आधार स्पष्ट गर्न ध्यान नदिँदा अहिले ओरालो यात्रा सुरु भएको टिप्पणी गरेका छन् ।

 

उनले अरूको परीक्षा लिएर रमाइरहेकाहरू अहिले आफ्नै परीक्षामा असफलताको अवस्था देखिरहेको बताउदै नेतृत्वमा टिकिरहन वा शासन लम्ब्याउन बाहिर र भित्रका विरोधीमाथि बदला तथा प्रतिशोधको राजनीति आधार बन्न नसक्ने बताएका छन् ।

 

उनका अनुसार पुराना दलले विगतका कमजोरीको समीक्षा नगर्ने, कमजोर हुँदै गएको वर्गीय तथा सामाजिक आधार पुनर्निर्माणमा ध्यान नदिने र नेतृत्वका कमजोरी ढाकछोप गर्ने हो भने समस्या थप गहिरिँदै जाने चेतावनी समेत दिएका छन् ।

 

त्यस्तै, नीति, विचार र संगठनको पुनर्गठनबारे छलफल गर्न तयार नहुने तथा पार्टीका समस्या र कमजोरीलाई लुकाएर उही जयजयकार गर्ने भीडलाई लोकप्रियता र शक्तिको स्रोत ठान्ने प्रवृत्ति पनि गलत हुने भट्टराईको भनाइ छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार