काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. बराल नियुक्त

२९ श्रावण, २०८३, शुक्रवार
सारांश
  • शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले बरालसहित प्रा.डा. विकास नकर्मी र बालचन्द्र लुइँटेलको नाम नाम सिफारिस गरेको थियो ।

काठमाडौं: काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. विवेक बराल नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले बराललाई नियुक्त गरेका हुन् ।

 

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले बरालसहित प्रा.डा. विकास नकर्मी र बालचन्द्र लुइँटेलको नाम नाम सिफारिस गरेको थियो । 

 

सरकारले गत वैसाखमा अध्यादेशमार्फत केयूका उपकुलपति अच्युत वाग्लेलाई हटाएको थियो। त्यसपछि गत जेठ १९ गते बसेको केयूको सभाले शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा छनोट समिति गठन गरेको थियो । समितिमा केयूका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्मा र राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य रेशु अर्याल ढुंगाना सदस्य रहेका थिए । 

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार