उजुरीको भरमा कसैको चरित्र हत्या गर्न पाइदैन- गृहमन्त्री गुरुङ
२९ श्रावण, २०८३, शुक्रवार
- उजुरीकै भरमा दोषी करार गर्न नमिल्ने भन्दै उनले भने- 'कसैलाई एउटा भनौं न, उजुरीको भरमा हामी न्यायाधीश बन्न चाहिँ मिल्दैन । आरोप हो जो कसैले नि लगाउन सक्यो । त्यसको आधारमा कसैको चरित्र हत्या गर्न पाइँदैन ।'
काठमाडौं: गृहमन्त्री सुदन गुरुङले उजुरीको भरमा कसैको चरित्र हत्या गर्न नपाइने बताएका छन् ।
शुक्रबार कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा सम्बोधन गर्दै गृहमन्त्री गुरुङले संसद्को सार्वजनिक लेखा समितिमा गृहसचिव र नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की लगायतमाथि रास्वपा सांसद खगेन्द्र सुनारले गरेको व्यवहारप्रति असन्तुष्टि जनाउदै उजुरीको भरमा कसैको चरित्र हत्या गर्न नपाइने बताएका हुन् ।
उनले भने- 'अस्ति म त्यो समितिमा नभएको हिसाबले आज यो समितिमा एउटा सानो भन्ने मौका पाएको छु । जसरी हाम्रो मेरो गैरउपस्थितिमा जसरी हाम्रो सचिवज्यू र हाम्रो सहसचिवज्यूहरू, प्रहरी प्रमुखलाई जसरी जुन व्यवहार एउटा समितिमा प्रस्तुत गर्नुभयो, त्यसमा चाहिँ गृहमन्त्रीको ध्यानाकर्षण भएको छ । दिस इज नट राइट, दिस इज नट गुड।’
उजुरीकै भरमा दोषी करार गर्न नमिल्ने भन्दै उनले भने- 'कसैलाई एउटा भनौं न, उजुरीको भरमा हामी न्यायाधीश बन्न चाहिँ मिल्दैन । आरोप हो जो कसैले नि लगाउन सक्यो । त्यसको आधारमा कसैको चरित्र हत्या गर्न पाइँदैन ।'
गत बुधबार निर्वाचन प्रहरीको पोसाक र अन्य सामग्री खरिदको विषयमा परेको उजुरीको विषयमा सार्बजनिक लेखा समितिमा भएको छलफलमा रास्वपा सांसद खगेन्द्र सुनार आक्रामक रुपमा प्रस्तुत भएको विषय अहिले चर्चामा रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एनआरएनए अमेरिकाले परराष्ट्रमन्त्री खनाललाई बुझायो १७ बुँदे सुझाव
-
राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
-
शिक्षामन्त्री पोखरेलसँग रसियाली राजदूत भ्लादिमेरोभिकको शिष्टाचार भेट
-
चोलेन्द्र पक्राउ प्रकरणमा मानव अधिकार आयोगले एसएसपीलाई बोलायो
-
नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ३८ करोडको कारोबार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।