- राणा अध्यक्ष र प्रसाईं सर्वोच्च नेता रहने गरी ‘जय नेपाल पार्टी’ गठन गर्ने सहमति जुटेको थियो । तर पार्टीमा को शक्तिशाली हुने भन्ने विषयमा हानाथाप सुरु भयो ।
काठमाडौं: नयाँ पार्टी निर्माणका लागि एक ठाउँमा उभिएका डा. धवलशम्शेर राणा र दुर्गा प्रसाईंबीच दुई महिनामै विभाजन आएको छ । धवल समूहले आज निर्वाचन आयोगमा पार्टी दर्ता गर्दैछ भने दुर्गा प्रसाईं अर्कै तयारीमा लागेका छन् ।
राणा अध्यक्ष र प्रसाईं सर्वोच्च नेता रहने गरी ‘जय नेपाल पार्टी’ गठन गर्ने सहमति जुटेको थियो । तर पार्टीमा को शक्तिशाली हुने भन्ने विषयमा हानाथाप सुरु भयो । प्रसाईंले पार्टीको पहिलो वरीयतामा आफू रहनुपर्ने र कार्यकारी अधिकार बाँडफाँड हुनुपर्ने माग राखेका थिए । त्यसमा राणापक्ष सहमत भएन ।
विवाद बढिरहेकै बेला प्रसाईंले एक युट्यूव च्यानललाई अन्तर्वार्ता दिँदै राणामाथि खनिएपछि सहमतिको सम्भावना टरेको हो । प्रसाईं समूहका थुप्रै नेताहरू एकताकै पक्षमा थिए । तर पार्टी दर्ता केही दिनपछि गरौं भन्ने उनीहरूको प्रस्ताव थियो । राणा पक्षले भने घोषित मितिमै दर्ता गर्ने अडान लिएपछि प्रसाईं पक्ष रोकिएको छ ।
प्रसाईं समूहका नेता माधव कल्पितले आफूहरू एकताकै पक्षमा रहे पनि आजै पार्टी दर्ता गर्ने अडानका कारण विभाजनको स्थिति आएको बताए । यतिबेला आफूहरू लघुवित्त र मिटरब्याज पीडितहरूलाई न्याय दिने काममा व्यस्त रहेको उनको भनाइ छ ।
उनले भने, ‘हामी मान्छे बचाउन लागेका छौं, उनीहरूलाई नेता बन्न हतार भएको छ । आज राम्रो साइत छैन भनेर हामीले भन्दाभन्दै उहाँहरूले दर्ता गरेरै छाड्ने भन्नुभयो । नमिलेपछि कसरी सहयात्रा हुन्छ ? अब दुर्गा प्रसाईंको नेतृत्वमा अर्कै पार्टी बन्छ ।’
प्रसाईंले आज फेसबुकमा स्टाटस लेख्दै अर्कै पार्टी बनाउने संकेत गरेका छन् । केही समयपछि नयाँ पार्टी खुल्ने भन्दै उनले धैर्य गर्न आग्रह गरेका छन् ।
उनले लेखेका छन्, ‘अब बन्ने हाम्रो पार्टी सबै नेपाली नागरिकहरूको, सबै जातजाति र सबै धर्मको साझा पार्टी बन्नेछ । वैदिक सनातनी हिन्दु अधिराज्यसहितको यो पार्टी देशका पीडित, शोषित, उत्पीडित तथा आम नागरिकको हक, अधिकार र न्यायका लागि समर्पित हुनेछ । केही समय धैर्य गर्नुहोला । तपाईँ हाम्रो पार्टी छिट्टै खुल्नेछ ।’
यसअघि जय नेपाल पार्टीमा १०१ जनाको केन्द्रीय कमिटी बनाउने तयारी भएको थियो । त्यसमा धवलपक्षका ४०, प्रसाईं पक्षका ४० र २० जना दुवै समूहमा नरहेकालाई राख्ने सहमति भएको थियो । तर प्रसाईं पक्षसँगको सहमति तोडिएपछि धवल पक्षका नेताहरू मात्रै समेटेर केन्द्रीय कमिटी बनाइएको छ ।
पार्टीका प्रस्तावित अध्यक्ष राणाकी प्रेस संयोजक राधिका जोशीले प्रसाईं पक्षसँग संवाद भइरहेको दाबी गरिन् ।
उनले भनिन्, ‘आज पार्टी दर्तामा उहाँहरु आउनुहुन्न, अलि पछि जोडिने कुरा गर्नुभएको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एनआरएनए अमेरिकाले परराष्ट्रमन्त्री खनाललाई बुझायो १७ बुँदे सुझाव
-
राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
-
शिक्षामन्त्री पोखरेलसँग रसियाली राजदूत भ्लादिमेरोभिकको शिष्टाचार भेट
-
चोलेन्द्र पक्राउ प्रकरणमा मानव अधिकार आयोगले एसएसपीलाई बोलायो
-
नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ३८ करोडको कारोबार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।