पत्रकार किशोर श्रेष्ठलाई अविलम्ब रिहा गर्न डा. शेखर कोइरालाको माग

२८ श्रावण, २०८३, बिहिवार
सारांश
  • श्रेष्ठको पक्राउ नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत भएको बताएका छन् ।

काठमाडौँ: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले समाचार लेखेकै आधारमा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्नु लोकतन्त्रका लागि राम्रो संकेत नभएको बताएका छन् ।

 

उनले श्रेष्ठको पक्राउ नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत भएको बताएका छन् ।

कोइरालाले पत्रकार श्रेष्ठलाई अविलम्ब रिहा गर्न सरकारसँग आग्रह गर्दै यस्ता लोकतन्त्रविरोधी गतिविधि नगर्नसमेत सरकारलाई आग्रह गरेका छन् ।

 

जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार