प्रधानमन्त्रीकै कारण देशमा समस्या भयो, समन्यव गर्न सक्नुभएन- हर्क साम्पाङ

२६ श्रावण, २०८३, मगलवार
सारांश
  • उनले सरकार कमजोर भएका कारण देशमा बेथिति बढेको भन्दै गलत गर्नेलाई कारवाही गर्न के ले रोकेको छ ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

काठमाडौँ: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अहिलेका सबै समस्या प्रधानमान्त्री बालेन्द्र शाहका कारण भएको बताएका छन् ।

 

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साम्पाङले ग्यासको समस्यादेखि हरेक स्थानमा लाइन र असन्तुष्टि बढ्नुमा प्रधानमन्त्रीले समन्यव गर्न नसकेको बताएका हुन् ।

 

उनले सरकार कमजोर भएका कारण देशमा बेथिति बढेको भन्दै गलत गर्नेलाई कारवाही गर्न के ले रोकेको छ ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

 

उनले सुकुम्बासीलाई लालपुर्जा दिन स्थानीय तहले रोकेको आरोप मन्त्रीले लगाएको भन्दै उनले केन्द्रको मन्त्रीले पहलकदमी लिनुपर्ने बताए । साम्पाङले टालटुले काम गरेर नहुने भन्दै सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् । उनले प्रधानमन्त्री संसदमा आएर आफ्नो अभिव्यक्ति सच्याउन माग गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार