काँग्रेसको गतिबिधि रोक्न शशांक कोइरालाको सानेपा र निर्वाचन आयोगलाई पत्र
२६ श्रावण, २०८३, मगलवार
- उनले अदालतबाट मुद्दाको अन्तिम टुंगो नलागेसम्म पार्टीभित्र थप कानुनी जटिलता नहोस् भन्दै तत्कालीन महामन्त्री गगनकुमार थापा तथा सम्बन्धित पक्षलाई महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न आग्रह गरेका छन् ।
काठमाडौँ: नेपाली कांग्रेसको देउवा पक्षीय राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीको आगामी महाधिवेशनसहित सबै महत्वपूर्ण निर्णय तत्कालका लागि रोक्न आग्रह गरेका छन् ।
कोइरालाले कांग्रेस केन्द्रीय कार्यालय र निर्वाचन आयोगलाई पत्र पठाउँदै सर्वोच्च अदालतले कांग्रेसको वैधानिकता र नेतृत्वसम्बन्धी विवादमा पुनरावलोकनको अनुमति अर्थात् निस्सा प्रदान गरिसकेकाले अदालतको अन्तिम फैसला नआएसम्म पार्टीका निर्णय यथास्थितिमा राख्न आग्रह गरेका हुन् ।
सर्वोच्च अदालतको पूर्ण इजलासले साउन २२ गते उक्त मुद्दा पुनः हेर्ने अनुमति दिएको उल्लेख गर्दै कोइरालाले यससँगै कांग्रेसको वैधानिकता र तत्कालीन नेतृत्वको कानुनी हैसियत पुनः न्यायिक परीक्षणको अवस्थामा पुगेको दाबी गरेका छन् ।
उनले अदालतबाट मुद्दाको अन्तिम टुंगो नलागेसम्म पार्टीभित्र थप कानुनी जटिलता नहोस् भन्दै तत्कालीन महामन्त्री गगनकुमार थापा तथा सम्बन्धित पक्षलाई महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न आग्रह गरेका छन् ।
कोइरालाले पार्टीको १५औँ महाधिवेशन वा विशेष महाधिवेशनसँग सम्बन्धित सबै सांगठनिक, प्राविधिक र नीतिगत कार्यतालिका स्थगित गर्न तथा अदालतको अन्तिम फैसला नआएसम्म दीर्घकालीन राजनीतिक, सांगठनिक, नीतिगत र आर्थिक निर्णय नगर्न माग गरेका छन् ।
देउवा पक्षले साउन २९ देखि ३१ सम्म राष्ट्रिय भेला आयोजना गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एनभिडिया प्रमुख हुआङको सम्पत्तिमा एकैदिन ७ अर्ब ४० करोड डलरले घट्यो
-
शेख हसिनालाई नयाँ राहदानी नदिने बङ्गलादेशको निर्णय
-
ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने धम्कीबाट पछि हटेपछि तेलको मूल्य प्रतिब्यारेल ९० डलरभन्दा तल
-
एनभिडिया प्रमुख हुआङको प्रेम सम्बन्ध अनुसन्धान गर्दै एफबीआई
-
फिल्म 'रामायण' को बक्स अफिसमा दबदबा, पाँचौं दिन कमायो सय करोड
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।