पूर्णबहादुर खड्काको गगनलाई आग्रह- पार्टीको सम्पूर्ण एकताको तत्काल पहल गर्नुस्
२५ श्रावण, २०८३, सोमवार
- सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनका लागि दिएको निस्सालाई पार्टी एकताका लागि अन्तिम अवसरका रूपमा लिनुपर्ने खड्काले बताएका छन् ।
काठमाडौँ: नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई पार्टीभित्रको सम्पूर्ण एकताका लागि तत्काल पहल गर्न विशेष आग्रह गरेका छन् ।
खड्काले सामाजिक सञ्जालमार्फत पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएपछि कांग्रेसका नेता तथा कार्यकर्ताबीच सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति चिन्ता व्यक्त गर्दै एकताको पहल गर्न सभापति थापालाई आग्रह गरेका हुन्।
उनले मुलुकको राष्ट्रियता संकटपूर्ण अवस्थामा रहेको र लोकतान्त्रिक संविधानमाथि चुनौती देखिएको भन्दै यस्तो अवस्थामा कांग्रेसको सम्पूर्ण एकता नै अहिलेको पहिलो आवश्यकता भएको बताएका छन् ।
पार्टीभित्र सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वको भावना विकास गर्दै संवाद र सहमतिमार्फत बलियो एकता कायम गर्नुपर्ने उनको भनाइ छ । व्यक्तिगत महत्वाकांक्षा, अहंकार, घमण्ड, प्रतिशोध र कुण्ठाबाट मुक्त भएर सामूहिक भावनाका साथ पार्टी एकताका लागि निर्णायक रूपमा अघि बढ्न उनले सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनका लागि दिएको निस्सालाई पार्टी एकताका लागि अन्तिम अवसरका रूपमा लिनुपर्ने खड्काले बताएका छन् ।
उनले सभापति गगन थापालाई विशेष आग्रह गर्दै भनेका छन्- 'तपाईं हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रपंक्तिमा अग्रसर हुनुस्, हामी अरू सबै यसका लागि सहयोगी हौँ र बन्छौँ ।'
पार्टी एकताका लागि वातावरण निर्माण गर्न कांग्रेस तथा भ्रातृ र शुभेच्छुक संस्थाका सबै तहका नेता तथा कार्यकर्तालाई पनि खड्काले अपिल गरेका छन् । राष्ट्र रहे बहुदलीय लोकतन्त्र, पार्टी र आफूहरूको अस्तित्व रहने भन्दै उनले सामाजिक सञ्जालमा हुने आरोप–प्रत्यारोप र गालीगलौज बन्द गर्न आग्रह गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ज्ञानेन्द्र शाहीको चुनौती- त्यो अश्लील भिडियो मेरो पुष्टि भए राजनीतिबाट संन्यास लिन्छु
-
पूर्णबहादुर खड्काको गगनलाई आग्रह- पार्टीको सम्पूर्ण एकताको तत्काल पहल गर्नुस्
-
प्रधानमन्त्री शाहसँग भारतीय राजदुत श्रीवास्तवको भेटवार्ता
-
१६ करोडभन्दा बढी लकइन सेयर खुल्दै, दोस्रो बजारमा आपूर्ति बढ्ने चिन्ता
-
इरान–अमेरिका तनावबीच कच्चा तेलको मूल्य बढ्यो
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।