ज्ञानेन्द्र शाहीको चुनौती- त्यो अश्लील भिडियो मेरो पुष्टि भए राजनीतिबाट संन्यास लिन्छु
२५ श्रावण, २०८३, सोमवार
- उनले आफूविरुद्ध भ्रम फैलाउनेहरूको पनि स्वास्थ्य परीक्षण गर्न माग गरे।
काठमाडौं: रास्वपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफूविरुद्ध भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै आफू संसद्मा आफैलाई अग्निपरीक्षा दिन उभिएको बताए।
उनले भने, ‘नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले गलत र भ्रामक सूचनाका कारणले आफूले पीडादायी घाँटी रेटिएर आत्महत्या गरेको इतिहास नेपाली राजनीतिमा जीवितै छ। आज त्यस्तै अवस्था म माथि आइपरेको छ। ‘खाइ न पाइ छालाको टोपी लाई’ भन्ने उखान चरितार्थ भएको छ। आज म माथि रक्सी खाएर जे मन लाग्यो त्यही बोल्यो, अश्लील भिडियोहरू आए’ भन्ने आरोप लगाइएका छन्।’
उनले आफ्नो स्वास्थ्य जाँच गर्न आग्रह गरे।
उनले थपे, ‘यही संसद्मा स्वास्थ्य विभाग छ, स्वास्थ्यकर्मीसहितको टोली छ र टोली राखियोस्। चिकित्सकको टोलीबाट मेरो शरीरको प्रत्येक अङ्ग जाँच गरियोस्। मेरो रगतदेखि छालासम्म परीक्षण गरियोस्। जन्मदेखि अहिलेसम्म मदिराको एक थोपा मात्रै मेरो शरीरमा कतै प्रयोग भएको र कतै देखियो भने म सांसद पदबाट राजीनामा दिन तयार छु। म राजीनामा दिन तयार छु।’
उनले आफूविरुद्ध भ्रम फैलाउनेहरूको पनि स्वास्थ्य परीक्षण गर्न माग गरे।
उनले भने, ‘सामाजिक सञ्जालमा कतै भेटिएको कुनै अमुक अर्कै व्यक्तिको अश्लील भिडियो, यौन अश्लील भिडियो ल्याएर यो ज्ञानेन्द्र शाही हो भन्दै प्रचार गरिएको छ। उक्त भिडियो यदि मेरो हो भने जाँच गरियोस्, म राजनीतिक जीवनबाट संन्यास लिन्छु।’
उनले भ्रम फैलाउनेलाई कारबाही गर्न गृहमन्त्रीसँग माग गरे।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ज्ञानेन्द्र शाहीको चुनौती- त्यो अश्लील भिडियो मेरो पुष्टि भए राजनीतिबाट संन्यास लिन्छु
-
पूर्णबहादुर खड्काको गगनलाई आग्रह- पार्टीको सम्पूर्ण एकताको तत्काल पहल गर्नुस्
-
प्रधानमन्त्री शाहसँग भारतीय राजदुत श्रीवास्तवको भेटवार्ता
-
१६ करोडभन्दा बढी लकइन सेयर खुल्दै, दोस्रो बजारमा आपूर्ति बढ्ने चिन्ता
-
इरान–अमेरिका तनावबीच कच्चा तेलको मूल्य बढ्यो
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।