होल्डिङ सेन्टरमा डुबानबाट प्रभावित बालकलाई हर्क साम्पाङले ५० हजार सहयोग गर्ने घोषणा
२८ आषाढ़, २०८३, आइतवार
- उनले भनेका छन्- 'यो बालकलाई मैले मेरो व्यक्तिगत तर्फबाट ५० हजार सहयोग गर्ने भएँ ! तिम्लाई यो सरकारले दिएको चोटमा मेरो तर्फबाट सानो मलमपट्टी ! तिमी रुँदा तिमी सङ्गै रुन सकिंन भनें ! के अर्थ भो र दु:खमा तिम्रो हुन सकिंन भनें !'
काठमाडौँ: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानबाट प्रभावित बालकलाई व्यक्तिगत रूपमा ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत साम्पाङले वर्तमान सरकारले उनीहरूलाई बेघर बनाएको बताउदै सहयोगको घोषणा गरेका हुन् ।
उनले भनेका छन्- 'यो बालकलाई मैले मेरो व्यक्तिगत तर्फबाट ५० हजार सहयोग गर्ने भएँ ! तिम्लाई यो सरकारले दिएको चोटमा मेरो तर्फबाट सानो मलमपट्टी ! तिमी रुँदा तिमी सङ्गै रुन सकिंन भनें ! के अर्थ भो र दु:खमा तिम्रो हुन सकिंन भनें !'
कीर्तिपुर होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी शनिबार बिहान बाढी पसेपछि डुबानमा परेका थिए ।
उनले अहिलेको नेतृत्वले सुकुम्बासीलाई बेघर बनाएको आरोप लगाउँदै नागरिकलाई सही नेतृत्व चिन्न आग्रह गरेका छन् । साथै, बालबालिकाको भविष्य जोगाउन सके मात्र देशको भविष्य सुरक्षित हुने भन्दै सुकुम्बासीको पीडाप्रति संवेदनशील बन्न सबैसँग अपिल गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवा बाढी प्रभावितका लागि गोरखा ब्रुअरीले दियो १० करोड रुपैयाँ सहयोग
-
बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
-
चीनको सीमामा पहिरोले नयाँ ताल बनेपछि अर्को विपद्को खतरा !
-
नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरेर काठमाडौँ फर्कियो प्रधानमन्त्रीसहितको टोली
-
भोटेकोशी बाढी: नेपालसहित ३३ देशका ६४४ पर्यटक अझै बेपत्ता
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।