दुर्गा प्रसाईको प्रश्न- 'बच्चा पढाउन सबैले गणेश नेपाली नै हुनुपर्ने हो त ?
२८ आषाढ़, २०८३, आइतवार
- देशमा सामाजिक तथा आर्थिक संकट गहिरिँदै गएको दाबी गर्दै प्रसाईँले सरकारले जनताको पीडा बुझ्न नसकेको आरोप लगाए । उनले वर्तमान सरकारलाई लक्षित गर्दै ‘यो सरकार नेपालीहरूको सरकार होइन’ भन्ने अभिव्यक्ति दिएका छन् ।
काठमाडौँ: अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्याएको छ ।
घर पुगेपछि पत्रकार सम्मेलन योजना गर्दै प्रसाईँले सरकारको चर्को आलोचना गर्दै सुकुम्बासी, गरिब, घरबारविहीन नागरिक तथा आत्मदाहका घटनाप्रति सरकार गम्भीर बन्न नसकेको आरोप लगाएका छन् । उनले पछिल्लो ३५ वर्षदेखि राजनीतिक दलहरूले भ्रष्टाचार, शोषण र आर्थिक अनियमितता गरेको दाबी गर्दै वर्तमान सरकारले पनि जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताए ।
प्रसाईँले सुकुम्बासी बस्ती हटाउने कार्यको विरोध गर्दै सरकारले आफ्नै मतदातालाई विस्थापित गरेको आरोप लगाए । उनले आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई राहत र सुविधा दिने सरकारी घोषणामाथि प्रश्न उठाउँदै यस्ता घटना दोहोरिन नदिन सरकारले नागरिकको आधारभूत समस्या समाधान गर्नुपर्ने धारणा राखे । सवारी साधनमा बढाइएको जरिवानाको पनि आलोचना गर्दै उनले पूर्वाधार सुधार नगरी नागरिकमाथि दण्डात्मक व्यवस्था लागू गरिएको टिप्पणी गरे ।
देशमा सामाजिक तथा आर्थिक संकट गहिरिँदै गएको दाबी गर्दै प्रसाईँले सरकारले जनताको पीडा बुझ्न नसकेको आरोप लगाए । उनले वर्तमान सरकारलाई लक्षित गर्दै ‘यो सरकार नेपालीहरूको सरकार होइन’ भन्ने अभिव्यक्ति दिएका छन् ।
साथै सरकारबाट जनता त्रसित भएको भन्दै प्रसाईले भने-' ‘सरकारले अहिले गणेश नेपालीको परिवारलाई जागिर दिन्छौं, क्षतिपूर्ति दिन्छौं, बच्चा पढाइदिन्छौं भनेर भन्छ। तर बच्चाहरू पढाउनका लागि सबैले गणेश नेपाली नै हुनुपर्ने हो त ? नेपालीहरूले आत्मदाह गर्नुपर्ने हो त? घरबारविहीनहरूले अब त्यही गर्नुपर्ने हो त ? '
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अर्बपतिहरूको सन्तान मोह
सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।