सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ- मन्त्री तिमिल्सिना

१६ आषाढ़, २०८३, मगलवार
सारांश
  • मन्त्री तिमिल्सिनाले डिजिटल प्रविधिको विस्तारसँगै हुलाक सेवाको स्वरूप परिवर्तन भए पनि यसको आवश्यकता अझै कायम रहेको उल्लेख गर्दै समयअनुकूल आधुनिकीकरण र सेवा विस्तार आवश्यक रहेको बताए ।

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी रूपमा अघि बढिरहेको बताएका छन् ।

 

हुलाक सेवा विभागले आयोजना गरेको हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा मन्त्री तिमिल्सिनाले परम्परागत हुलाक सेवालाई प्रविधिमैत्री सरकारी कुरियर सेवाका रूपमा विकास गरिएको बताउँदै राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षण प्रतिवेदनलगायतका सरकारी कागजात घरमै पुर्‍याउने व्यवस्था विस्तार हुँदै गएको जानकारी दिए ।

 

मन्त्री तिमिल्सिनाले डिजिटल प्रविधिको विस्तारसँगै हुलाक सेवाको स्वरूप परिवर्तन भए पनि यसको आवश्यकता अझै कायम रहेको उल्लेख गर्दै समयअनुकूल आधुनिकीकरण र सेवा विस्तार आवश्यक रहेको बताए । साथै सार्वजनिक सेवा प्रभावकारी बनाउन सरकारी तथा निजी क्षेत्रबीच सहकार्य र संस्थागत सुधार अपरिहार्य रहेको उनको भनाइ थियो।

 

हाल सात सरकारी निकायसँग सहकार्य गरेर सरकारी कुरियर सेवा सञ्चालन भइरहेको छ । आगामी दिनमा देशभरका हुलाक कार्यालयलाई क्रमशः ‘स्मार्ट हुलाक’मा रूपान्तरण गर्दै नागरिकलाई सहज, सुरक्षित र छिटो सेवा उपलब्ध गराउने योजना कार्यान्वयन भइरहेको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार