प्रधानमन्त्रीले चितवन गएर होइन संसदमा आएर स्पष्टीकरण दिनुपर्छ- आरेन राई
२०८३ असार १४ आइतवार
- श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पार्टी भन्दा देश ठुलो भएको बताउदै प्रधानमन्त्रीले चितवनमा गएर स्पष्टीकरण दिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
काठमाण्डौ, १४ अषाढ़ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पार्टी भन्दा देश ठुलो भएको बताउदै प्रधानमन्त्रीले चितवनमा गएर स्पष्टीकरण दिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको स्पष्टीकरण संसदमा आएर दिनुपर्ने माग दोहोराउदै यदि प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रवादी अभिव्यक्ति हो भने कायम राख्न आग्रह गरे । सांसद राईले फिफाले एन्फालाई गरेको निलम्बनप्रति सरकारको ध्यानाकर्षण गराउदै तत्काल समस्याको समाधान गर्न माग गरेका छन् ।
नेपालको राष्ट्रिय गौरव, हजारौं खेलाडीको भविष्य जोडिएको विषय भएकाले तत्काल पहलकदमी लिन माग गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।