बामपन्थी अब एक हुनैपर्छ- झलनाथ खनाल

१४ आषाढ़, २०८३, आइतवार
सारांश
  • उनले हालै भएको निर्वाचनमा कम्युनिष्टहरुले लज्जास्पद हार बेहोरेको उल्लेख गर्दै चुनावअघि कार्यगत एकता गरेको भए आज संसदमा कम्युनिष्टहरुको सय सिट भन्दा बढी भएको हुने दाबी गरेका थिए ।

काठमाडौँ:  नेकपाका नेता झलनाथ खनालले बामपन्थी अब एक हुनैपर्ने बताएका छन् ।

 

जननेता मदन भण्डारीको ७५औ जन्म जयन्ती समारोहमा बोल्दै नेता खनालले समय परिस्थितिले अब बामपन्थीहरु एक हुनुपर्ने अवस्था सिर्जना भएको बताएका हुन् ।

 

उनले आजको दिनबाट बामपन्थीहरुले एकताको शुरुवात गर्नुपर्ने बताउदै लामो समयदेखि फरक फरक विचारमा हिडेकोभएपनि अब एकहुनुपर्नेमा जोड दिएका थिए ।

 

उनले हालै भएको निर्वाचनमा कम्युनिष्टहरुले लज्जास्पद हार बेहोरेको उल्लेख गर्दै चुनावअघि कार्यगत एकता गरेको भए आज संसदमा कम्युनिष्टहरुको सय सिट भन्दा बढी भएको हुने दाबी गरेका थिए ।

 

विगतमा कम्युनिष्टहरुलाई करिब दुई तिहाई दिएको बताउदै नेता खनालले ८ बर्ष पनि नपुग्दै आज यस्तो अवस्था आएको बताए । उनले सत्तामा हुदा कृषि क्रान्ति गर्न नसकेको, भूमि सुधार लागु गर्न नसकेको बताए । अहिले युग, क्रान्ति धेरै परिवर्तन भइसकेको भएपनि कम्युनिष्टहरुले पुरानै कुरा गरेर अलमलिएको आरोप लगाए ।

 

उनले सबै कम्युनिष्टहरुलाई एक बनाएर अगाडी जान सकेमात्र मदन भण्डारीमाथि सच्चा श्रद्धाञ्जली हुने बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार