रास्वपाको दस्ताबेजबाट लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आएको नेकपाको टिप्पणी

२०८३ असार १४ आइतवार
सारांश
  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रास्वपाको महाधिवेशनबाट पारित दस्ताबेजबाट लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आएको टिप्पणी गरेको छ ।

काठमाण्डौ, १४ अषाढ़ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रास्वपाको महाधिवेशनबाट पारित दस्ताबेजबाट लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आएको टिप्पणी गरेको छ ।

 

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले रास्वपाको पहिलो महाधिवेशनबाट पारित दस्ताबेजमा लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको टिप्पणी गर्दै आलोचना गरेका हुन् । उनले लोकप्रियताको सुन्दर घुम्टोले केमोफाइज भएर जनमत जितेको शक्तिले गणतन्त्रको संरचनालाई जिस्काइ जिस्काई सेबेटोज गर्न बढ्दै गएको कपट र षडयन्त्रप्रति गम्भीर र सचेत रहेको चेतावनी दिएका छन् ।

 

दुलालले प्रदेशका केहि सांसदहरुले लिएको पारिश्रमिकले देश विकास भएन भन्ने  भनिएको भन्दै रास्वपाको दस्ताबेजप्रति आपत्ति जनाएका छन् ।

 

दुलालले आवधिक चुनावमा यो पटक हारेपनि सधैंका लागि नहारेको बताउँदै आफुहरु विचारका विजक भएको जिकिर गरे । उनले विचार सही भए, विचारको समय सापेक्ष विकास भए सारालाई प्रभाव पार्न सक्ने र सानो झिल्कोले सिंगो जंगल सखाप पार्न सक्ने बताए ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार