- संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ ।
काठमाण्डौ, १४ अषाढ़ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ ।
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाने कार्यसूची रहेको छ भने प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले 'महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, 'सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३' प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलेले 'सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, 'सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३' प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले 'सहकारी (पहिलो संशोधन) विधेयक, २०८३" लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र 'सहकारी (पहिलो संशोधन) विधेयक, २०८३' प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने 'स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३' प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी, आजको बैठकमा 'आर्थिक विधेयक, २०८३' माथि प्राप्त संशोधनसहित छलफल हुने कार्यसूची छ भने छलफलपछि 'आर्थिक विधेयक, २०८३' माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । त्यस्तै अर्थमन्त्री वाग्लेले 'आर्थिक विधेयक, २०८३ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने 'राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
त्यस्तै, 'राष्ट्र ऋण उठाउने विधेयक, २०८३' माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ भने अर्थ मन्त्री डा. वाग्लेले 'राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
आजको बैठकमा सभामुखले प्रतिनिधि सभाका पूर्व सदस्य राजेन्द्र खरेलको शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रास्वपाले बालबालिकालाई सदस्य बनाएको भन्दै काँग्रेसको ध्यानाकर्षण
-
रास्वपाको दस्ताबेजबाट लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आएको नेकपाको टिप्पणी
-
प्रधानमन्त्रीले चितवन गएर होइन संसदमा आएर स्पष्टीकरण दिनुपर्छ- आरेन राई
-
बच्चा लिएर युरोपेली सङ्घका जलवायु मन्त्रीहरूको बैठकमा सहभागी स्विडिस मन्त्री चर्चामा
-
विश्वकप फुटबलबाट बाहिरिए यी १६ देश
धेरै पढिएको
-
सुपर कम्युटरको दौडमा अमेरिकालाई चीनले उछिन्यो
-
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।