कम्युनिष्ट कमजोर हुनुका कारण खोजौं, गणतन्त्र जोगाउन एक हुनुपर्छ- माधव नेपाल

१४ आषाढ़, २०८३, आइतवार
सारांश
  • नेता नेपालले अहिलेको सरकारका गतिबिधि शंकास्पद भएको भन्दै लोकतन्त्र र गणतन्त्रलाई जोगाउन कम्युनिष्टहरु एक हुनुपर्ने बताउदै मिल्नसक्ने विषयमा एकता गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

काठमाडौँ: नेकपाका सहसंयोजक माधवकुमार नेपालले कम्युनिष्ट कमजोर बनेको कारण खोज्नुपर्ने बताएका छन् । 

 

जननेता मदन भण्डारीको ७५औ जन्म जयन्ती समारोहमा बोल्दै नेपालले दुई तिहाई बहुमतमा रहेको कम्युनिष्टको आजको अवस्था कसरी आयो भन्ने विषयको कारण खोज्नुपर्ने बताए । 

 

नेता नेपालले यो एउटा पार्टीको विषय नभएको बताउदै सबैले आफ्नो पार्टीमा भएका कमजोरीको कारण पत्ता लगाएपछि मात्र एकताको बहस शुरु गर्न सकिने बताए । उनले व्यक्तिवादी चरित्र, भ्रष्टाचारसहित अन्य कारणले कम्युनिष्टको आजको अवस्था भएको बताउदै जनताको भावना बुझ्न नसकेको टिप्पणी गरे ।

 

नेता नेपालले अहिलेको सरकारका गतिबिधि शंकास्पद भएको भन्दै लोकतन्त्र र गणतन्त्रलाई जोगाउन कम्युनिष्टहरु एक हुनुपर्ने बताउदै मिल्नसक्ने विषयमा एकता गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

 

नेपालले आत्मकेन्द्रित चिन्तनलाई र स्वार्थकेन्द्रित चिन्तनलाई नत्यागेसम्म एक हुन नसकिने स्पष्ट गर्दै जनतामा गएर जनताका समस्या बुझेर नै अगाडी बढ्नुपर्ने बताए ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार