ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुँदै

२०८३ असार १४ आइतवार
सारांश
  • कार्यक्रम ओली र प्रचण्डसहित माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनालले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

काठमाण्डौ, १४ अषाढ़ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू आज राजधानीमा एउटै मञ्चमा देखिने भएका छन् ।

 

मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभागृहमा जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ ।

 

कार्यक्रम ओली र प्रचण्डसहित माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनालले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

पछिल्लो समय ओली र प्रचण्डबीच निकटता बढिरहेको बेला यस जमघटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार