रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आजै साँझ हुने
१२ आषाढ़, २०८३, शुक्रवार
- रास्वपाको प्रथम चरणको मतदानबाट सभापति र ९९ केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने दोस्रो चरणमा उपसभापति डा. स्वर्णिम वाग्ले निर्बिरोध निर्वाचित भएका छन् ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण आजै हुने भएको छ ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगका अनुसार आजै साँझ साढे ६ बजे महाधिवेशन आयोजना स्थल उद्योग बाणिज्य संघको हलमा शपथ हुने कार्यक्रम तय गरिएको छ ।
रास्वपाको प्रथम चरणको मतदानबाट सभापति र ९९ केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने दोस्रो चरणमा उपसभापति डा. स्वर्णिम वाग्ले निर्बिरोध निर्वाचित भएका छन् । त्यस्तै एक महिला उपसभापति, एक महामन्त्री, ३ सहमहामन्त्रीको अहिले मतदान जारी रहेको छ । मतदान साढे ४ बजेसम्म जारी रहने आयोगले जनाएको छ ।
१५८ सदस्यीय रास्वपाको केन्द्रीय समितिमा ५१ सदस्य सभापतिले मनोनित गर्ने वैधानिक व्यवस्था रहेको छ । त्यस्तै पदाधिकारीमा एक उपसभापति, एक महामन्त्री, २ सहमहामन्त्री, एक प्रवक्ता र ३ सहप्रवक्ता पनि सभापतिले मनोनित गर्ने व्यवस्था रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै
-
समस्याग्रस्त तीन सहकारीका २२० बचतकर्ताले पाए रकम
-
ज्ञानेन्द्र शाहीको चुनौती- त्यो अश्लील भिडियो मेरो पुष्टि भए राजनीतिबाट संन्यास लिन्छु
-
पूर्णबहादुर खड्काको गगनलाई आग्रह- पार्टीको सम्पूर्ण एकताको तत्काल पहल गर्नुस्
-
प्रधानमन्त्री शाहसँग भारतीय राजदुत श्रीवास्तवको भेटवार्ता
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।