प्रतिनिधिसभाको बैठक फेरि सारियो

१२ आषाढ़, २०८३, शुक्रवार
सारांश
  • प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम ३ अनुसार शनिबारका लागि सारिएको बैठक आइतबार बस्ने गरी सभामुख डोलप्रसाद (डीपी) अर्यालले सारेका हुन् ।

काठमाडौं: प्रतिनिधिसभा बैठक फेरि सारिएको छ । शनिबार बिहान ११ बजे बस्ने गरि तोकिएको बैठक फेरि सारेर आइतबार बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

 

प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम ३ अनुसार शनिबारका लागि सारिएको बैठक आइतबार बस्ने गरी सभामुख डोलप्रसाद (डीपी) अर्यालले सारेका हुन् ।

 

यसअघि विहिबारका लागि तोकिएको बैठक आजका लागि तोकिएको थियो । आज बिहान सूचना प्रकाशित गर्दै बैठक शनिबार बिहान ११ बजे बस्ने तोकिएको थियो । सत्तारुढ रास्वपाका अधिकांश सांसदहरू महाधिवेशनका लागि चितवनमा रहेकाले संसद बैठक बस्दै सारिएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार