मानव अधिकार आयोगको प्रतिवेदन: कैदीबन्दी भगाउन रवि लामिछाने संलग्न !

१३ जेठ, २०८३, बुधवार
सारांश
  • आयोगले गरेको छानिबन प्रतिवेदनमा यो लामिछानेसहित नख्खु कारागार प्रशासन सत्यराज जोशी र रास्वपाकै सांसदहरू मनिष झा र हरि ढकाललाई पनि अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको छ ।

काठमाडौं: भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटना बारे राष्ट्रिय मानव अधिकार आयोगको छानबिन प्रतिवेदनको सिफारिस सार्बजनिक गरिएको छ ।

 

आयोगले सार्बजनिक गरेको प्रतिवेदनमा जेनजी आन्दोलनकाक्रममा कारगारबाट कैदीबन्दी बाहिर पठाउने कार्यकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको संलग्नता रहेको उल्लेख गरिएको छ ।

 

आयोगले गरेको छानिबन प्रतिवेदनमा यो लामिछानेसहित नख्खु कारागार प्रशासन सत्यराज जोशी र रास्वपाकै सांसदहरू मनिष झा र हरि ढकाललाई पनि अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको छ ।

 

प्रतिवेदनमा भनिएको छ:

 

कर्फ्यू आदेश पश्चात पनि सो आदेश समेत पालना नगरी केही व्यक्ति काठमाण्डौंको विभिन्न र चौकमा आई नारावाजी गरेकोमा एउटा समूहले बिहान करिब ११ बजेको समयमा काठमाण्डौंको देउबा चौक स्थित तत्कालीन उर्जा मन्त्रीको घरमा आक्रमण गर्न सुरू गरेकोमा त्यस्ता आक्रमण बढ्दै गई राजनैतिक दलका नेता, पूर्व प्रधानमन्त्रीहरू राजनैतिक दलका कार्यालयहरू, राजनैतिक दलका नेताहरूको निवासहरू, सिंहदरवार सर्वोच्च अदालत, प्रहरी चौकीहरू सरकारी कार्यालयहरू व्यापारिक प्रतिष्ठानका भवनहरू र निजी सम्पतिहरू समेत नेपाल राज्य भरि तोडफोड आगजनी र लुटपाटका घटना भएको र यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछाने थुनामा रहेको ललितपुर नख्खु स्थित कारागारमा पनि राष्ट्रिय स्वतन्त्र पाटीका नेता तथा तत्कालीन सांसदहरु मनिष झा र हरि ढकाल सहितको भिडले कारागार घेरेको र सुरक्षाको कारण देखाउदै रवि लामीछाने कारागारवाट बाहिरिए पश्चात सो कारागारका बन्दीहरू कारागार तोडी बाहिर निस्किएको पाइन्छ ।

 

तत्पश्चात काठमाण्डौँमा आगजनी झन बढेको मिसिल प्रमाणवाट देखिन्छ । रवि लामिछाने कारागारवाट बाहिर निस्किएको र नख्खु कारागारका अन्य कैदी बन्दीहरु पनि कारागार बाहिर गएको भन्ने समाचार प्रकाशित भए पश्चात रवि लामिछाने कारागारवाट बाहिरिन हुने हामी छुट्न् किन भन्ने भाष्य निर्माण भई देशभरका सबै जसो कारागार र बाल सुधार केन्द्र नौबस्ती बाँकेमा समेतमा कारागार, बन्दी गृह आदि तोड्ने कार्य भएको, यसै क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरू उपर समेत साङ्घातिक आक्रमण भई ३ जना प्रहरी कर्मचारी समेतको मृत्यु र करिब २५० जना गम्भिर रूपमा घाइते हुन पुगेको पनि मिसिल प्रमाणवाट देखिएको छ । सोही कारणबाट २५ गते कारागारबाट भाग्ने प्रयास गर्दा सुरक्षाफौजको गोली लागी बाल सुधार केन्द्र नौबस्ती बाँके, रामेछाप कारागार र सिन्धुली कारागार समेतका गरी देहाय बमोजिमका १० जना बाल बन्दी तथा कैदी बन्दीहरुको मृत्यु भएको पाइन्छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार