गौरीबहादुर कार्कीमाथि अनुसन्धान गर्न मानव अधिकार आयोगको सिफारिस
१३ जेठ, २०८३, बुधवार
- कार्कीले जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमा तत्कालिन सरकारविरुद्ध अभिव्यक्ति दिएका थिए ।
काठमाडौँ: राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ ।
आयोगले सार्बजनिक गरेको प्रतिवेदनमा कार्कीले दिएको अभिव्यक्तिका आधारमा उनलाई अनुसन्धान गर्न सिफारिस गरेको हो । कार्कीले प्रदर्शनपूर्व, प्रदर्शनका दौरान र प्रदर्शनपश्चात सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिलाई आधार बनाउँदैप्रदर्शनलाई उक्साउन भूमिका खेलेको हुन सक्ने भन्दै आयोगले उनलाई अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको हो ।
कार्कीले जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमा तत्कालिन सरकारविरुद्ध अभिव्यक्ति दिएका थिए ।
आयोगले कार्कीसहित तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको नाम पनि अनुसन्धान गर्नुपर्ने सूचीमा राखेको छ । उनीहरू पनि जेनजी आन्दोलनको समयमा सडकमा पुगेर अभिव्यक्ति दिएको भन्दै आयोगले अनुसन्धान गर्न सिफारिस गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अर्बपतिहरूको सन्तान मोह
सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।